|

काठमाडौं : वर्तमान अवस्थामा नेपालका विश्वविद्यालय र क्याम्पसहरूमा भइरहेको विद्यार्थी राजनीति कस्तो छ? त्यसले शिक्षा क्षेत्रमा पारेको प्रभाव कस्तो छ?

यसको जवाफ हो, बत्तिसपुतलीस्थित शिल्पी नाटकघरमा मञ्चन भइरहेको नाटक 'ज्ञानको चिहान'। कलासी प्रोडक्सन र अनेरास्ववियू (क्रान्तिकारी) शैक्षिक विभागको सहकार्यमा निर्मित यो नाटक यही पुस १३ गतेदेखि मञ्चन भइरहेको छ।

विद्यार्थी नेतृ पञ्चा सिंहको परिकल्पनामा पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरेले लेखेको नाटक 'ज्ञानको चिहान' ले नेपालको वर्तमान शैक्षिक अवस्थालाई देखाएको छ।

संगीत सापकोटाले निर्देशन गरेको नाटक 'ज्ञानको चिहान' ले विद्यार्थी आन्दोलनमा देखा परेका असल र खराब, दुवै पक्षबीचको संघर्ष समेटेको छ।

पुस ३० गतेसम्म चल्ने उक्त नाटकमा  श्रवणसिंह राना मगर, सुन्दर धिताल, सञ्जितप्रताप मल्ल, सौभाग्य सिंह राई (शोभा) लगायतका कलाकारले अभिनय गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.