|

काठमाडौं :  नेपाली टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा अभिनेता नाजिरले सामाजिक सञ्जालमा ढाका टोपी लगाएको तस्बिर पोस्ट भावनात्मक अभिव्यक्ति दिएका छन्।

उनले आफ्नो नाम पढेर सोधिने प्रश्न र त्यसको जवाफ दिने प्रयास गरेका छन्। नागरिकता वा पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर आफूलाई धेरैले इन्डियन मुस्लिम कि नेपाली मुस्लिम? हिन्दू कि मुसलमान ? भनेर सोध्ने गरेको बताएका छन्।

अभिनेता हुसेनले लेखेका छन्, ‘मान्छे बन्न खोज्दैछु, मान्छे बन्न दिनुस्। म पनि यही माटोको हो, मेरो शरीरमा पनि रगत नै हो बग्ने, देशको कुरा आउँदा तपाईंलाई जति दुख्छ मलाई पनि त्यति नै दुख्छ, तपाईंलाई जति खुशी लाग्छ मलाई पनि त्यति नै खुसी लाग्छ । हरेक नेपालीको शिरमा सगरमाथाझैँ अटल, अग्लो र विशाल भएर बस्ने हाम्रो ढाका टोपी जस्तै सबैको सोच, विचार अग्लियोस् ।’

उनले लेखेका छन : 

मेरो वंशज नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर मैले प्राय नखोज्दा पनि भेटिरहने प्रश्नहरु 
तपाई इन्डिएन मुस्लिम कि नेपाली मुस्लिम? 
तपाई हिन्दू कि मुसलमान ? 
ओहो, तपाई त तराईबाट आएको भए पनि 
नेपाली त स्पष्ट बोल्नु हुदोँ रैछ ! 
फ्याट्ट उत्तर दिन मन लाग्छ 
हम्राके भोजपुरीयो निमनसे बोलेके लुर बा । 
मान्छे बन्न खोज्दैछु 
मान्छे बन्न दिनुस । 
सुन्नुस
म पनि यहि माटोको हो 
मेरो शरीरमा पनि रगत नै हो बग्ने 
देशको कुरा आउँदा तपाईलाई जति दुख्छ मलाई पनि तेतिनै दुख्छ
तपाईलाई जति खुशी लाग्छ मलाई पनि तेतिनै खुसी लाग्छ । 
हरेक नेपालीको शिरमा सगरमाथा झैँ अटल, अग्लो र विशाल भएर बस्ने 
हाम्रो ढाका टोपी जस्तै 
सबैको सोच र विचार अग्लियोस ! 
ढाका टोपी ( नेपाली टोपी ) दिवसको सबैमा शुभकामना ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.