|

हेटौंडा : मंसिर चारमा भएको निर्वाचनबाट बागमती प्रदेश सभाको दोस्रो कार्यकालको प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरुले गत पुस १४ गते शपथग्रहण गरिसकेका छन्।  ११० सदस्यीय बागमती प्रदेश सभाका नवनिर्वाचित सांसदहरुलाई प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथग्रहण गराएका थिए। 

त्यसपछि पहिलोपटक प्रदेश सभा बैठक पनि सोमबार बसेको छ। निर्वाचनपछि पहिलोपटक संसदको ११ औ अधिवेशनको पहिलो बैठक  सोमबार बसेको हो। 
बैठकले ५ वटा अध्यादेश टेवल गरेको छ भने प्रदेश सभाको सभामुख र उपसभामुख चयनको मित तय गरेको छ। 

बागमती प्रदेश सभामा यस पटक ७ वटा दलको प्रतिनिधित्व रहेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा,नेकपा एकीकृत समाजादी, नेमकिपा र हाम्रो नेपाली पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेको हो। 

यी दलको ११० सांसदहरुले पुस १४ गते शपथग्रहण गरेलगत्तै उनीहरुले पाउने सेवा सुविधा पनि सुरु भएको छ। प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ मा प्रदेश सभा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्ष दलको नेता, मुख्य सचेतक, दलको प्रमुख सचेतक, प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतक र समिति सभापतीहरु लगायतका पदाधिकारीहरुले शपथ ग्रहण गरेकै दिनदेखि सेवा सुविधा पाउने व्यवस्था गरिएको छ। 

यस्तो छ बागमती प्रदेश सभा सदस्यहरुले पाउने सेवा सुविधा ः 

पारिश्रमिक : सभामुखले ६१ हजार ४८० रुपैयाँ,उपसभामुख÷प्रमुख प्रतिपक्ष दलको नेताले  ५८ हजार, सत्ता पक्षको मुख्य सचेतक÷समितिका सभापति÷प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले ५६ हजार ८४० रुपैंयाँ,दलका प्रमुख सचेतक÷सत्ता पक्षको सचेतक÷प्रमुख प्रतिपक्ष दलको सचेतकले ५४ हजार ५२० रुपैंयाँ र प्रदेश सभा सदस्यले ५२ हजार २०० रुपैयाँ प्रति महिना मासिक पारिश्रमिक पाउने व्यवस्था रहेको छ।

बैठक भत्ता : पदाधिकारी र सदस्यले प्रदेश सभा बैठक वा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिए वापत प्रति दिन १ हजार बैठक भत्ता पाउने व्यवस्था रहेको छ।

निजी सचिवालय कर्मचारी सुविधा : सभामुखले उपसचिव १ जना, शाखा अधिकृत १ जना, कम्प्युटर अपरेटर १ जना, कार्यालय सहयोगी १ जना र हलुका सवारी चालक २ जना, उपसभामुखले शाखा अधिकृत १ जना, कम्प्युटर अपरेटर १ जना, कार्यालय सहयोगी २ जना र हलुका सवारी चालक १ जना, प्रमुख प्रतिपक्ष दलको नेताले शाखा अधिकृत १ जना, कम्प्युटर अपरेटर १ जना, कार्यालय सहयोगी १ जना र हलुका सवारी चालक १ जना,सत्ता पक्षको मुख्य सचेतक/समितिका सभापति÷प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले नायब सुब्बा १ जनार हलुका सवारी चालक १ जना,दलका प्रमुख सचेतक/सत्ता पक्षको सचेतक/प्रमुख प्रतिपक्ष दलको सचेतक/सदस्यले नायब सुब्बा १ जना निजी सचिवालय कर्मचारी सुविधा पाउने व्यवस्था रहेको छ।

अतिथी सत्कार : सभामुखले १० हजार रुपैयाँ, उपसभामुख/ प्रमुख प्रतिपक्ष दलको नेताले ५ हजार रुपैयाँ, सत्ता पक्षको मुख्य सचेतक/समितिका सभापति/प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले ४ हजार रुपैयाँ,दलका प्रमुख सचेतक/सत्ता पक्षको सचेतक/प्रमुख प्रतिपक्ष दलको सचेतकल ३ हजार ५०० रुपैयाँ र सदस्यले ३ हजार रुपैयाँ प्रति महिना अतिथी सत्कार खर्च पाउने व्यवस्था रहेको छ।

निजि सचिवालय बन्दोबस्त सुविधा : सभामुखले २ हजार रुपैयाँ, उपसभामुख÷प्रमुख प्रतिपक्ष दलको नेताले १ हजार ७५० रुपैयाँ, सत्ता पक्षको मुख्य सचेतक/समितिका सभापति/प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले १ हजार ७५० रुपैयाँ,दलका प्रमुख सचेतक/सत्ता पक्षको सचेतक/प्रमुख प्रतिपक्ष दलको सचेतकले १ हजार २०० रुपैयाँप्रति महिना निजी सचिवालय बन्दोबस्त सुविधा पाउने व्यवस्था रहेको छ।

आवास सुविधा : सभामुखले सरकारी आवास पाउने, उपसभामुखले सरकारी आवास पाउने, प्रमुख प्रतिपक्ष दलको नेता/मुख्य सचेतक/समितिका सभापति÷प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले २५ हजार रुपैयाँ,दलका प्रमुख सचेतक/सत्ता पक्षको सचेतक/प्रमुख प्रतिपक्ष दलको सचेतक/सदस्यले १५ हजार रुपैयाँ प्रति महिना आवास सुविधातथा सरकारी आवास पाउने बाहेकका पदाधिकारी र सदस्यले पाँच वर्षको अवधिका एक पटक ५० हजार फर्निचर खर्च पाउने व्यवस्था रहेको छ।

सवारी साधन र इन्धन सुविधा : सभामुखले सवारी साधन १ वटासहित सवारी इन्धन प्रति महिना १५० लिटर र त्रैमासिक मोविल १० लिटर पाउने, उपसभामुख/प्रमुख प्रतिपक्ष दलको नेता/सत्ता पक्षको मुख्य सचेतक/समितिका सभापति/प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले सवारी साधन १ वटासहित सवारी इन्धन प्रति महिना १२५ लिटर र त्रैमासिक मोविल ५ लिटर पाउने प्रति महिना सवारी साधन सहितको इन्धन सुविधा तथा सवारी साधन र इन्धन सुविधा नपाउने पदाधिकारी र सदस्यले प्रति दिन १ हजार बैठकमा भाग लिए वापत यातायात खर्चपाउने व्यवस्था रहेको छ।

सञ्चार (टेलिफोन, इन्टरनेट, पत्रपत्रिका) सुविधा : सभामुखले ५ हजार, उपसभामुखले ३ हजार, प्रमुख प्रतिपक्ष दलको नेता/सत्ता पक्षको मुख्य सचेतक/समितिका सभापति/प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले २ हजार रुपैयाँ,दलका प्रमुख सचेतक/सत्ता पक्षको सचेतक/प्रमुख प्रतिपक्ष दलको सचेतक÷सदस्यले १ हजार ५०० रुपैयाँ प्रति महिना सञ्चार सुविधा पाउने व्यवस्था रहेको छ।

धारा, बिजुली : सभामुखले र उपसभामुखले विल अनुसार, प्रमुख प्रतिपक्ष दलको नेताले  २ हजार, सत्ता पक्षको मुख्य सचेतक/समितिका सभापति/प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतक/दलका प्रमुख सचेतक/सत्ता पक्षको सचेतक/प्रमुख प्रतिपक्ष दलको सचेतक/सदस्यले २ हजार रुपैयाँ प्रति महिना धारा बिजुली खर्च पाउने व्यवस्था रहेको छ ।

दैनिक तथा भ्रमण खर्च : प्रदेश सभाको काममा नेपाल भित्र भ्रमण गर्दा सभामुखले २ हजार ५०० रुपैयाँ र अन्य पदाधिकारीले २ हजार तथा विदेश भ्रमण गर्दा सभामुखले २०० र अन्य पदाधिकारीले १७५ अमेरिकन डलर दैनिक भ्रमण भत्ता तथा १० लाख रुपैयाँ बराबर यात्रा बीमा प्रिमियम पाउने व्यवस्था छ।

चाडपर्व खर्च : धर्म संस्कृति अनुसार मनाइने चाडपर्व मनाउनको लागि वर्षको एक पटक एक महिनाको पारिश्रमिक बराबरको रकम पाउने व्यवस्था रहेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.