|

काठमाडौं : टोखा चाकुका लागि नेपालमै प्रसिद्ध ठाउँ हो। माघे सङ्क्रान्ति नजिकिँदै गर्दा यतिबेला  टोखाका व्यवसायीहरूलाई अहिले चाकु बनाउने चटारो छ।

काठमाडौं उपत्यकाको पुरानो नेवार बस्ती भएको शहरमध्ये एक टोखा बजारमा अहिले बजार प्रवेश गर्ने मुख्य द्वार पुग्नु अघिनै चाकुको मगमग बास्ना आउँछ।

टोखामा मात्र करिब ५ लाख केजी चाकु उत्पादन हुन्छ। जुन माघे सङ्क्रान्तिमा नेपाल भर माग हुने चाकुको ७० प्रतिशत भन्दा बढी हिस्सा हो।

काठमाडौं उपत्यकामा हरिसिद्वी, भक्तपुर, पाटन, कीर्तिपुर लगायतका क्षेत्रमा पनि चाकु बनाइन्छ। तर उपत्यकाको ८० प्रतिशत भन्दा बढी चाकुको माग टोखाले पूर्ति गर्दछ।

टोखामा हाल साना र ठुला गरेर ११ वटा परम्परागत चाकु बनाउने कारखाना रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.