|

काठमाडौं : थाहाखबरले साताभरका गतिविधि समेटेर शनिबार साताको तस्विर प्रकशन गर्दै आइरहेको छ ।

साता भरिका अनौपचारिक तथा औपचारिक कार्यक्रमका दृश्यलाई हामी स्तम्भमा समेट्ने गरेका छौं । 

यो साताका तस्विर 

यसरी बन्छ चाकु : माघे संक्रान्तिका लागि चाकु बनाउँदै टोखाका व्यापारी। 

समात्नुस् है : भारतको कर्नाटकबाट आएको फर्सी कालिमाटीमा व्यवस्थापन गर्दै कामदार। 

 गुरुकुल र नाटक : आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा मञ्चन भइरहेको नाटक गच्छामीमा अभिनय गर्दै कलाकार।​

त्रिविले दिएको पीडा : परीक्षा दिएको वर्ष दिन पुग्दा पनि त्रिविले परीक्षाफल प्रकाशित नगरेपछि विद्यार्थी धर्नामा। 

मेरो पहिचान : नेपाली झण्डासहित दौरासुरूवालमा बालक। 

मजदुरीको मूल्य : भक्तपुर चाँगुनारायणको एक इँटा भट्टामा काम गर्दै मजदुर। 

दिनको  विदाइ : पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका-५ मा रहेको रुद्रपुर गढी बजारबाट देखिएको  सूर्यास्त।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.