|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार स्थायी भएको बताएका छन्। 

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राख्दै ओलीले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गरे। 

‘सरकार कसैले ढाल्छ कि नसोच्नुहोला। अहिले धेरै खेलाडीहरू दर्शक भएका छन्। यो यत्तिकै बनेको छैन। यो सरकार स्थिरताका लागि बनाइएको हो।’ उनले भने, ‘त्यसकारण यो सरकार स्थिर र प्रभावकारी सरकारका रुपमा अगाडि बढ्छ।’

ओलीले यो सरकार स्थायी हो भन्ने मनमा राखेर र हल्लाको पछि नलागी काम गर्न पनि कर्मचारीहरूलाई आग्रह गरे। 

यो सरकार निर्माणका क्रममा एमाले ठूलो घटक भएको भन्दै ओलीले सरकारलाई सम्पूर्ण रुपमा साथ, सहयोग र समर्थन रहने बताए। 

मंगलबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने क्रममा दुई तिहाइभन्दा बढी मत प्राप्त गर्ने दाबी गर्दै ओलीले सबैलाई विश्वासको मत दिन आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.