|

काठमाडौं : नेपाल आइडल सिजन-२ का बिजेता रवि ओडको स्वरमा रहेको 'त्यो मान्छे' बोलको गीत सार्वजनिक भएको छ।

जनसवाल मिडिया प्रालीले उत्पादन गरेको उक्त गीतलाई सवाल मिडियाले बजारमा ल्याएको हो। गीतको शब्द भने नारायणसिंह क्षेत्रीको रहेको छ।

गीतमा भीम बिसीको  संगीत रहेको छ भने राज भण्डारी र सविना राउतको अभिनय रहेको छ। उनीहरूलाई गीतका निर्देशक भूपेन्द्र भण्डारी र अर्की कलाकार दृष्टि केसीलगायतका कलाकारले साथ दिएका छन्।

गीतकी  निर्माता कृष्ण चौलागाईले गीतको मर्मअनुसार निर्देशकले भिडियोलाई न्याय दिएको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.