|

दोलखा : नेपाल पत्रकार महासंघ दोलखा शाखाको एघारौँ वार्षिक साधारण सभा दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ।

पत्रकार महासंघ दोलखाका शाखाका अध्यक्ष दीपशंकर चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगा कार्कीले उद्घाटन गर्दै निष्पक्ष पत्रकारिता गर्न आग्रह गरे।

उनले दोलखाको समृद्धिका लागि सञ्चारमाध्यमसँग सहकार्य गर्दै विकास निर्माणका योजना बनाउँदै काम गर्ने बताए। कार्यक्रममा कोभिड १९ महामारीमा अहोरात्र खट्ने पशुपति चौलागाई स्मृृति अस्पतालका स्वास्थ्यकर्मी प्रतिमा भटराई, उर्मिला चौलागाईलाई सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष चौलागाईले स्वर्र्गीय छोरा सुप्रिम स्पन्दन पत्रकारिता पुरस्कार वितरण गर्ने घोषणा गरे। चौलागाईले छोराको सम्झनामा ५० हजार रुपैयाँको अक्षकोष स्थापना गर्ने र उक्त कोषबाट जिल्लामा पत्रकारिता गर्दै आएका एकजना पत्रकारलाई वार्षिक रूपमा सुप्रिम स्पन्दन पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने घोषण गरे। चौलागाईका छोराको यही मंसिर १२ गते निधन भएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.