|

सुनसरी : जिल्लामा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।  

इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश१–०२–००३ह २६५५ नम्बरको सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो। सिटी चालकलाई धरान–११ का ज्ञानबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

त्यसैगरी बराहक्षेत्र–७ बत्तीस आरडीस्थित सुनसरी–मोरङ सिँचाइ आयोजना नहरमा डुबेर ४० वर्षीय वीरबहादुर थापा (हिमाल)को निधन भएको छ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बत्तीस पुलबाट नहरमा थापा बेपत्ता भएका थिए। 

बेपत्ता भएको करिब दुई घण्टापछि एक किलोमिटर टाढा सेरेचोक नजिक उनको शव भेटिएको थियो। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.