|

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। 

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकमा सभामुखको उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। 

सभामुखमा आज उमेदवारी दर्ताको समय रहेको छ।  कांग्रेसमा अहिले सभामुखमा उमेदवारी दिने र नदिने दुवैथरीका मत रहेका छन्। 

सभामुखजस्तो पदमा विवाद नमिम्त्याउन सहमतिका साथ अघि बढ्नुपर्ने हुँदा नजित्ने अवस्थामा उमेदवारी दर्ता नगर्ने मत रहेको छ भने अर्को समूहले उमेदवारी कायमै राख्नुपर्ने बताउँदै आएको छ।

सोही विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.