|

काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्ड थप एक महिना बन्द हुने भएको छ। दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएकोमा काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको हो। 

गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो। बिहीबारदेखि भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० दिन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले जानकारी दिए।

निर्माणाधीन पाँच पुलमध्ये तीनवटाको भित्तो काट्ने काम सकिएको छ। उहाँका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो। चिसेन्जी र तुईन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.