|

विराटनगर : कोसी अस्पतालमा जीवित शिशुलाई मृत घोषणामाथि अनुसन्धान गर्न तीन सदस्य छानबिन समिति गठन गरेको छ।

कोसी अस्पतालको इमर्जेन्सीमा  उपचारका लागि लगिएको  १८ दिने शिशुको धड्कन बन्द भएको भन्दै मेडिकल अफिसर डाक्टर आकाश यादवले मृत घोषणा गरेका  थिए।

सोही घटनाको  अनुसन्धान गर्न आज (बिहीबार)  तीन सदस्य छानबिन समिति गठन गरेको हो।

बाल रोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा बाल रोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र एकजना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने गरी छानबिन समिति गठन भएको छ।

छानबिन समितिले सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने कोशी अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए। र घटनाको छानबिन बिहीबारबाट सुरु हुने अस्पताल प्रशासनले जनाएको छ।

के थियो घटना?

जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि  उपचारका लागि कोसी अस्पताल लगिएको थियो। अस्पतालको आकस्मिक कक्षमा रहेका डाक्टर आकाश यादवले शिशुको उपचारमा संवेदनशीलतापूर्वक उपचार नगरी मृत घोषणा गरिएको भन्दै ती शिशुका बुवा दिलीप मुखिया र आमा उमा मुखियाको आरोप छ।

चिकित्सकले बच्चाको मृत्यु घोषणा गरेसँगै अस्पतालमा तनावग्रस्त भएको थियो। तर, जब उनको आफन्तले बच्चालाई आकस्मिक कक्षबाट बाहिर ल्याए त्यही समय मृत्यु भएको भनिएको शिशु चलमलाएका थिए। अहिले ती शिशुलाई विराटनगरस्थित गोल्डेन अस्पतालको एनआइसियूमा राखेर उपचार भइरहेको छ।

उनको उपचार भेन्टिलेटरमा राखेर उपचार गरिरहेको गोल्डेन अस्पतालले जनाएको छ।

डाक्टर यादवसहित तीनजना स्वास्थ्यकर्मीलाई  काम गर्न रोक

जीवित शिशुलाई मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीनजना स्वास्थ्यकर्मीलाई जिम्म्वारीबाट रोक लगाइएको छ।

अस्पतालले बिहीबार गठन गरिएको छानविन टोलीले  अनुसन्धान नसकिन्जेलसम्म  डा. यादवसहित अहेब लक्ष्मण माझी र टिका अधिकारीलाई जिम्मेवारीबाट रोक लगाएको अस्पतालल प्रशासनले जनाएको छ।

 बुधबार आकस्मिक कक्षमा खटिएको डाक्टर यादवसहितको टिमलाई अस्पतालले  स्पष्टीकरणसमेत सोधिएको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए।

नेपाल चिकित्सक संघको विरोध

कोसी अस्पतालका मेसु डा. लक्ष्मी नारायण  यादवमाथि संचारकर्मीले दुव्र्यवहार गर्दै सामजिक सञ्जालमा  अतिरन्जित गरेको कुराप्रति नेपाल चिकित्सक संघले गम्भिर ध्यानाकार्षण गराएको छ।

नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गर्दै सो घटना प्रति ध्यानाकार्षण गरेका हुन्।

जारी विज्ञप्तिमा लेखिएको छ। ‘कोशी अस्पतालको आकस्मिक  विभागमा भएको घटनाको सन्दर्भमा अस्पतालका मे.सु. डा. लक्ष्मीनारायण ले आफ्नो कार्यकक्षमा घटना संग सम्बन्धित  विरामी  पक्षसँग छलफल गरी रहेको  अवस्थामा केही स्वघोषित पत्रकार कार्यकक्षमा प्रवेश गरी मे.सु. माथि  दुर्व्यवहार  गर्दै घटनालाई गलत तरिकाले सामजिक सञ्जालमा अतिन्जित गरेको कुराप्रति यस संघको गम्भीर ध्यानाकर्षण  भएको छ। ’

जिवित शिशुलाई मृत घोषणा गरिएको विषयको रिपोर्टिङको क्रममा  संचारकर्मीले आफूमाथि दुर्व्यवहार भनिएको घटना समाजिक संजालमा अतिरन्जित  गरिएको भन्दै नेपाल चिकित्सक संघले विज्ञप्ति  जारी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.