|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाएको उम्मेदवारमै राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्। 

सभामुखको निर्वाचनपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सत्ता साझेदार दलबीच नै एमालेले राष्ट्रपति पाउने सहमति भएको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भनिरहनुभएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘हो, राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’

कांग्रेसले गठबन्धन भत्काउँछौँ, हाम्रो राष्ट्रपति बनाउँछौँ भनेको छ भन्ने प्रश्नमा ओलीले हाँसेर टारे कुनै जवाफ दिएनन्।

एमालेबाट राष्ट्रपतिका उम्मेदवार को बन्छ भन्ने प्रश्नमा ओलीले त्यो पछि थाहा हुने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.