|

बाजुरा :गौमूल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। 

स्थानीय ४५ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो। बिहीबार गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका वेला लडेर घटनास्थलमै उनको मृत्यु भएको आफन्त शुक्रराज बोहराले जानकारी दिए।

बिहान बाख्रा लिएर चराउन गएका बोहरा बेलुकी घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेका थिए। मृतकका श्रीमती, दुई छोरा र एक छोरी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.