|

सुनसरी : धरान उपमहानगरपालिका–५ मा एक व्यक्तिले खुकुरी प्रहार गरी साथीको हत्या गरेका छन् भने एक महिलालाई गम्भीर घाइते बनाएका छन् ।

स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले घरको भान्छा कोठामा साथी ३५ वर्षीय कुमार बुढाथोकीको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले स्थानीय २५ वर्षीया मञ्जु खड्का राईलाई पनि खुकुरी प्रहार गरेका थिए।

भागेर नजिकैको सागबारीमा पसेकी मञ्जुलाई अन्धाधुन्द खुकुरीले प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए। गम्भीर घाइते मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ। 

मृतक बुढाथोकीको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। हत्याको कारण खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.