|

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन्।

शनिबार दिउँसो भएको मत विभाजनबाट रास्वपा सांसद रानामगर उपसभामुख चयन भएकी हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव थिइन्। 

प्रतिनिधिसभाको आज बसेको बैठकमा कुल २६४  जना सांसद उपस्थित रहेका थिए। प्रतिनिधिसभामा आज भएको निर्वाचनमा रानामगरले १६६ मत पाइन् भने उनको विपक्षमा ९७ मत र मत दिन्नँ भन्नेमा १ मत परेको छ।

उपसभामुख निर्वाचित रानामगर तस्वीरमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.