|

सुर्खेत : माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको १ करोड रुपैयाँ ‘बालुवामा पानी’ सावित भएको छ ।

भेरी नगरपालिका –१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७८/७९ सम्म १ करोड रुपैयाँ माछाको भुरा उत्पादन तथा माछा पालन भन्दै भुक्तानी भएको छ। 

सहकारीले अनुदानमा निर्माण गरेको माछाको भुरा उत्पादन तथा माछा पालन काम अलपत्र परेको छ। जमिनबाट पानी निकालेर माछा पोखरीमा निरन्तर पानी प्रयोग गर्ने भन्दै स्थापना गरिएको डिप बोरिङ मेसिन समेत खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ।

त्यस्तै भुरा उत्पादनका लागि हेचिङ पलान्ट समेत अलपत्र अवस्थामा पुगेको छ। आर्थिक आर्थिक वर्ष २०७८/७९ मा पनि यो सहकारीले केही रकम लिन बाँकी रहेको सूचना अधिकारी तिलकबहादुर रानाले बताए। अघिल्लो वर्षको रकम भुक्तानी हुने क्रममा रहेको उनले बताए। ढिलो फाइल बुझाएका कारण रकम भुक्तानी हुन नसकेको हो । भुरा उत्पादन गर्ने भनिएको ठाउँमा रहेका पोखरी अहिलेचिरा, चिरा परेका अवस्थामा रहेका छन्।

पोखरी बचाउन राखिएका घेराबार भत्किएका अवस्थामा छन्। पोखरी भित्र राखिएको प्लाष्टिक च्यातिएर काम नलाग्ने अवस्थामा पुगेको छ। शक्तिकेन्द्रको पहुँचमा बजेट सहकारीमा हालेर काम नगरी अलपत्र पारेको कर्मचारीसमेत बताउँछन्।

माछा पालन तथा भुरा उत्पादनको नाममा लाखौँ रकम झ्वाम पारेको स्थानीयवासीको आरोप छ। अहिले न यहाँ भुरा उत्पादन भए, न त माछापालन नै भयो। 

पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सहकारीलाइ ताकेता गर्दा सहकारीका पदाधिकारीले ध्यान नदिएको कार्यालय प्रमुख कलमबहादुर महाताराले बताए।

अहिले पुन यही ठाउँमा १० लाख रकम आएको उनले जानकारी दिए। सहकारीका अध्यक्ष शेरबहादुर बस्नेतलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.