|

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरिएको निष्कर्ष निकालेको छ। 

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा कांग्रेस नेता शेखर कोइराला समूहको बैठक जारी रहेको छ।

बैठकमा नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका हुन्। 

‘विश्वासको मत दिएर गल्ती गरियो भन्ने कुरामा कति साथीहरूले गल्ती गरियो भन्नुभाछ। कतिपय साथीहरूले यत्रो गठबन्धन गरेर जाँदा माओवादीले स्वार्थका निम्ति गए पनि हामीले ढोका बन्द गर्न हुँदैन थियो। यस्तो द्वन्द्व हुँदैन थियो। प्रतिपक्षमा बस्नपर्छ भन्ने तर्क पनि छ यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने छ,’ बैठकमा सहभागी सांसद चन्द्र भण्डारीले भने। 
 
भण्डारीले नेपाली कांग्रेसभित्र स्पष्ट दृष्टिकोण नभएको बताउँदै पार्टी  प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु कि भनेर हिँड्ने प्रवृत्ति नरोकिएको बताए। 

गठबन्धन गरेर निर्वाचनमा गयौं। कांग्रेस ठूलो पार्टी पनि भयो। जनतासमक्षा विकास निमित्त प्रतिबद्धता व्यक्त गरे। तर, सरकार गठनका बेला गठबन्धन किन टुट्यो? हामीले अहिलेको अवस्थामा किन सरकारलाई विश्वासको मत दियौँ।

कांग्रेस निक कन्फ्युजनमा छ। स्पष्ट दृष्टिकोण हिँड्न सकेको छैन्? कांग्रेस प्रतिपक्षमा बस्ने वा अझै पनि फिनी हराएको थाहा छैन् गहुँका गेडा गन्ने भनेजस्तै राष्ट्रपति पाउँछु कि के पाउँछु भनेर हिँड्ने,’ उनले भने, ‘त्यही हो कांग्रेसको इतिहास त्यसका निम्ति कांग्रेस लडेको हो? यी प्रश्नहरूका बारेमा जवाफ दिनका लागि बसेर छलफल गरौं भनेर बसेका हौं। यो सदनका निम्ति काम लाग्छ। कांग्रेस केन्द्रीय समिति बैठकमा काम लाग्छ भनेर एउटा निष्कर्ष निकाल्न हामी बसेका हौं। हामीले कसैको अपमान र आघात गर्नका लागि होइन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.