|

काठमाडौं : शैली थिएटर रातोपुलमा आजदेखि 'माउजङ बाबुसाहेबको कोट' मञ्चन हुँदै छ।  चर्चित कथाकार भवानी भिक्षुले लेखेका कथा 'माउजङ बाबुसाहेबको कोट' २५ माघसम्म मञ्चन हुनेछ।

यस कथालाई सवीन न्यौपानेले नाट्य रुपान्तरण गरेका हुन्।

“माउजङ बाबुसाहेवको कोट" एक बिर्तावाल घरानियाँ राणा उर्फ माउजङ बाबुसाहेबको मनोविज्ञानमा आधारित कथा हो। कथाको मुख्य पात्र बाबुसाहेबलाई आफ्नो जवानी कालमा कोही विशिष्ट राणा खानदानसँग सम्बन्धित व्यक्तिबाट एउटा ओभरकोट बक्सिस दिइएको हुन्छ।

उनी र उनको सो कोट एक अर्काका पर्याय नै छन्। देशमा आएको प्रमुख राजनीतिक परिवर्तनपछि उनको कोटले पाउने मान सम्मानमाको मूल्यमा क्रमिक रूपमा गिरावट आउन थाल्छ, यी कुराहरुबाट बाबुसाहेवमा उत्पन्न मनेविज्ञानलाई आधार बनाएर कथाकार भिक्षुले यो कथा सिर्जना गरेका हुन्।

यस कथात्मक नाटकमा सरोज अर्याल, रीता थापा, सबिन लुईटेल, प्रनेश गौतम, सानू पाण्डेय लगायतका कलाकारहरूले  अभिनय गरेका छन्। त्यस्तै, नाटकलाई विवेक न्यौपाने (घने) ले निर्देशन गरेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.