|

काठमाडौं : बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

महिला अधिकार मञ्चले पुस १४ देखि तेस्रो चरणको आन्दोलन गर्दै आएको छ।

उक्त आन्दोलनमा  ऐक्बद्वता जनाउँदै बृहत् नागरिक आन्दोलनले, धर्ना स्थल  माइतीघरमा भेला भई सिंहदरबार तिर जाने क्रममा काठमाडौं जिल्ला अदालत अगाडि प्रहरीले रुवि खानसहितका अधिकारकर्मीहरूलाई पक्राउ गरेको छ।

निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले अभियान्ता रुवी खानलगायत ४ जनालाई पक्राउ गरेको हो।

बृहत् नागरिक आन्दोलनका नारायण वाग्ले, युग पाठ्क, खग्रेन्द्र संग्रौला, चन्द्रवीर तुम्बाहाम्फे, शशी खड्कालगायत सहभागी थिए।

उनीहरूले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै नाराबाजीसमेत गरेका छन्। 

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.