|

ललितपुरट : गोदावरी नगरपालिका– १३ झरुवारासीमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरमा ११ वर्षे विराट ज्ञान महायज्ञ तथा शिवपुराण महोत्सव हुने भएको छ।

श्री सन्तानेश्वर महादेव मन्दिर संरक्षण तथा संवर्धन सेवा संघको आयोजनामा माघ १२ गते श्रीपञ्चमीदेखि २२ गते स्वस्थानी समापन पूर्णिमासम्म विराट ज्ञान महायज्ञ गर्न लागिएको हो।

संघका अध्यक्ष विनोद खड्काका अनुसार श्रीपञ्चमीमा एक हजार ८ कलशयात्रासँगै महायज्ञ सुरु हुनेछ। यो दिन श्रीस्वस्थानीको रथयात्रा तथा सन्तानेश्वरसहित नवनिर्मित मन्दिरहरूको समुद्घाटन गर्ने कार्यक्रम छ।  महांकालभैरव स्वस्थानी,कुमार–गणेश,मूलघण्टा,त्रिशुल तथा नवनिर्मित भजनमण्डलीको संयुक्त  समुद्घाटन हुनेछ।

१३ गतेदेखि २१ गतेसम्म नियमित पूजा आरती, रुद्राभिषेक,हवन, शिवपुराण,दार्शनिक प्रवचन, भजनकीर्तन सहित झाँकी एवं विविध कार्यक्रम सञ्चालन हुनेछ। २२ गते श्रीस्वस्थानी पूर्णिमाको दिन नियमित पूजाआरती सहित बटुकको निःशुल्क ब्रतबन्ध, यज्ञको प्रसाद वितरण हुनेछ।

काठमाडौं उपत्यकाको एक प्रसिद्ध शिवालयका रूपमा परिचित सन्तानेश्वरमा यसअघि २०६८ सालमा ११ वर्षे ज्ञान महायज्ञ सञ्चालन भएको थियो।  यो मन्दिरको दर्शन गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने विश्वास गरिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.