|

काठमाडौं : हालै सम्पन्न टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। 

एकजनालाई विराटनगर र अर्कालाई राजविराजबाट पक्राउ गरी काठमाडौं ल्याएको सीआईबी स्रोतले जनाएको छ। गत पुसमा काठमाडौंमा लिग भएको थियो । त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सीआईबीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो।

अनुसन्धान टोलीले अनुसन्धान सकेको र मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको सीआइबीका एक प्रहरी अधिकृतले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.