|

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात शुरू भएको छ। बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड,सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात शुरू भएको स्थानीय सञ्चारकर्मी सुरेश महराले जानकारी दिए। ​

गएरातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात शुरू भएको हो । वर्षा र हिमपातका कारण चिसो बढेको छ।  चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका,दैनिक ज्यालामजदुरी गर्ने,बृद्धबृद्धा बढी प्रभावित भएका छन्।चिसोबाट बच्न न्यानो लुगा लगाउन,झोलिलो कुराको सेवन गर्न,घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।  

यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्। लामो समयपछि वर्षा भएकाले हिउँदे  बाली र फलफुल सप्रिने आशा पलाएको सिगासका किसान दानसिंह बोहराले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.