|

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। 

मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो। यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो। 

सोमबार प्रति तोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.