|

काठमाडौं : नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘न्यु स्टाइलः न्यु स्टेटमेन्ट’ नाराका साथ नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै आफ्नो पहिलेको हुण्डाई भेन्यूको मोडलमार्फत नेपालभरका ग्राहकको ध्यान तान्न सफल रहेको हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयूभीको प्रतिस्पर्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिएको जनाएको छ।

नयाँ भेन्यूले आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको उल्लेख गर्दै समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरूसहित तयार गरिएको हुण्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त रहेको उल्लेख गरेको छ ।

नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य ३९.९६ लाख कायम गरिएको छ। नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च भएको पहिलो गाडीहरूमध्ये एक रहेको हुन्डाई भेन्यूले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने कम्पनीको विश्वास छ।

हुन्डाई भेन्यूमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाइने कम्पनीले जनाएको छ। कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.