|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताएका छन्। 

मंगलबार शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र संकल्प रहेको बताए। मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरू चुस्त, दुरूस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरूलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको पनि बताए। उनले स्वास्थ्य सेवालाई चुस्त बनाउनको लागि मन्त्रालय आवश्यक काम गर्न तयार रहेको बताए। 

‘पुरानो संरचना भत्काउँदै छौँ । नयाँ संरचना बन्दैछ । यही स्थान ३०० बेडको अस्पताल स्थापना गर्छौं । यो खुशीको कुरा हो । ३ सय बेड पनि पर्याप्त होइन ५ सय बेडको बनाउनुपर्छ । पछिल्ला दिनमा हामी थप्दै जानेछौँ । यो बीचमा यो अस्पतालले उपयुक्त स्थानमा सम्पूर्ण उपचार गर्नेगरी अस्थायी रूपमा भएपनि उपचारको व्यवस्था गर्नुपर्छ । मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ । हामी सबैको एउटै संकल्प छ, त्यो भनेको तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने हो, स्वास्थ्यका प्रणालीहरू कसरी चुस्त, दुरूस्त बनाउने भन्ने हो,’ उनले भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरूलाई कसरी अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको रूपमा विकास गर्न सकिन्छ, यो चिन्ताको विषय हो । सबै लाग्यौँ भने असम्भव छैन, नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्नेकुरा सावित गर्ने हाम्रो दायित्व हो, कोही पनि विमुख हुने छैनौँ । स्वास्थ्य क्षेत्रलाई सबै हिसावले गुणस्तरीय, भरपर्दो बनाउने र जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाइ सबै जनतामा स्वास्थ्यको पहुँच पुर्या‌उने नै हाम्रो उद्देश्य हो ।’ 

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रलाई जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाएर सबै जनतामा स्वास्थ्यको पहुँच पु¥याउनु आफ्नो पहिलो काम भएको बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.