|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ। सोमबार शुरु भएको राप्रपा नेपालको बैठक विभिन्न १३ बुँदे निर्णय गर्दै सकिएको हो।

अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते बसेको केन्द्रीय कार्यसमितिको बैठक ‘राप्रपा नेपाललाई फेरि उठाउँछौं’ भन्ने संकल्पका साथ सम्पन्न भएको हो।

बैठकले अध्यक्ष थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष डा. विष्णु भण्डारीद्वारा प्रस्तुत निर्वाचन समीक्षा प्रतिवेदन, महामन्त्री भास्कर भद्राद्वारा प्रस्तुत सचिवालयको प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठद्वारा प्रस्तुत प्रशिक्षण सम्बन्धी कार्ययोजना, महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन सुदृढीकरण कार्यक्रम र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ।

यस्तै बैठकले पार्टीको महाधिवेशन २०८० फागुन ७, ८ र ९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशन प्रतिनिधि सम्बन्धी विधानको दफा ३९ पनि संशोधन भएको छ।


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.