|

दोलखा : दोलखा सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालले शुल्क लिएर उपचार गर्ने निर्णय गरेपछि दोलखाका बासिन्दाले विरोध गरेका छन्।

पशुपति चौलागाई स्मृति अस्पतालले माघ १ गतेदेखि सेवाग्राहीसँग शुल्क लिन शुरु गरेपछि जिल्लामा विरोध भएको हो। प्रदेश सरकार मातहत सञ्चालनमा रहेको अस्पतालले महँगो शुल्क लिने निर्णय गरेको भन्दै दोलखाका नागरिक समाजका अगुवा, उद्यमी व्यवसायी र सञ्चारकर्मीले त्यसको विरोध जनाएका हुन्। 

अस्पतालले निःशुल्क सेवा दिँदै आए पनि अहिले अस्पताल सञ्चालनका लागि स्रोत अभाव हुँदै गएको बताउँदै माघ १ गतेदेखि शुल्क लिन थालेको हो। अस्पतालले निर्धारण गरी सार्वजनिक गरेको दररेट सदरमुकाम चरिकोटकै निजी अस्पतालको भन्दा चर्काे रहेको छ। अस्पतालले लिने शुल्कले सेवाग्राही मर्कामा परेको भन्दै उक्त निर्णर्य फिर्र्ता लिन आग्रह गरिएको छ।

प्रदेश सरकार मातहतको सरकारी अस्पताल विदेशी लगानीको एउटा गैरसरकारी संस्थाले ७ वर्षअघि निःशुल्क उपचार दिने शर्तमा १० वर्षका लागि व्यवस्थापनको जिम्मा लिएको थियो।

कोरोना महामारीले अन्तरराष्ट्रिय सहयोग रोकिएको कारण देखाउँदै दुई वर्षअघि उसले व्यवस्थापनबाट हात झिकेको थियो।

त्यसयता केही समय भीमेश्वर नगरपालिका र प्रदेश सरकारले निःशुल्क स्वास्थ्य सेवा दिएका थिए। अहिले स्रोत अभाव चुलिदै गएको कारण देखाएर अस्पताल व्यवस्थापन पक्ष सेवालाई सशुल्क बनाउने निर्णयमा पुगेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.