|
फाइल तस्वीर

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरू संसदमा राजाजस्तै गरेर आउने र जाने गरेको व्यंग्य गरेका छन्।

प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उनले ठूला दलका नेताहरू संसदमा राजाजस्तै गरेर आउने कुराले संसदको गरिमा बचाउने अवस्था नरहेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन्।

उनले सांसदहरूलाई बोल्न दिने समयमा पुनर्विचार गर्न पनि सभामुख देवराज घिमिरेको गम्भीर ध्यानाकर्षण गराए। उनले संविधानको भावनाअनुसार संसदको नियमावलीमा संशोधन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

अध्यक्ष राउतले भने, ‘संसदमा सांसदहरूलाई बोल्नका लागि समय दिने विषयमा पुनर्विचार गर्नु पर्छ भन्ने मलाई लाग्छ। संसद सञ्चालन नियमावलीमा मन्त्रीहरूको उपस्थिति हुनुपर्ने देखिन्छ तर सानासाना पार्टीहरूलाई मात्रै लाग्ने हो कि सबै पार्टीलाई लाग्ने हो? ठूला पार्टीहरूलाई राजाजस्तै आउने, राजाजस्तै जाने नै हो भने यो संसदको गरिमा त्यतिसा ह्रो रहन्छ जस्तो मलाई लागेको छैन।’

उनले केही वर्षअघि आफ्ना पार्टी कार्यकर्ताको हिरासतमा मृत्यु भएको प्रसंग पनि संसदमा उठाए।

‘यहाँहरूलाई लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास होला। २०७५ साल भदौमा कुनै मन्त्रीलाई प्रश्न सोध्न आयो भन्ने आरोपमा हाम्रो पार्टी संगठनका एकजना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको र हिरासतमा उहाँको मृत्यु हुँदाखेरि यो प्रकरणलाई यो संसदमा उठाउँदा तत्कालीन गृहमन्त्रीज्यूले उहाँको नाम यहाँ उच्चारण गर्न पाइँदैन भनेर त्यतिखेर भनिएको थियो । त्यो अलोकतान्त्रिक अभ्यास चाहिँ यस पटक हुने छैन भन्ने कुरा यहाँ ध्यानाकर्षण गराउन चाहन्छु।’

राउतले संसदमा अलोकतान्त्रिक गतिविधि हुन नदिन सभामुख घिमिरे र उपसभामुख इन्दिरा राना सफल हुने विश्वाससमेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.