|

भैरहवा : राजधानी काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको विमान मौसम बिग्रिएपछि बाँकेको नेपालगन्जमा उत्रिएको छ। विमानले ३ जना यात्रुलाई भने लिएर काठमाडौं नै फर्किएको छ।

काठमाडौंबाट धनगढीका लागि मंगलबार साँझ ५ बजेर १९ मिनेटमा उडेको नाइन एन-एनयू कलसाइनको विमान ७ बजेर ८ मिनेटमा नेपालगन्ज विमानस्थलमा उत्रिएको थियो। विमानमा सवार यात्रुमध्ये केहीलाई नेपालगन्जमै छाडेको थियो। उक्त विमान ७ बजेर ५८ मिनेटमा काठमाडौं नै फर्किएको छ।

विमानमा आएका ३ जना यात्रु पनि काठमाडौं फर्किएका छन्। धनगढीमा पानी परेर अवतरण गर्न नसकेको र ३० मिनेट आकाशमै फन्को मारेर विमान नेपालगन्ज फर्काइएको बुद्ध एयर श्रोतले जनाएको छ।

बुद्ध एयर श्रोतले धनगढीमा उत्रन समस्या भएपछि नेपालगन्जमा अवतरण गरेको र यात्रुलाई सोधेर नै केहीलाई बसबाट धनगढी पठाइएको तथा ३ जनालाई भने फेरि राजधानी फर्काइएको बतायो।

तर उक्त विमानका कतिपय यात्रुले भने नेपालगन्जमा विमान उतारेपछि बुद्ध एयरका कर्मचारीले यात्रुहरूको बेवास्ता गरेको गुनासो गरेका छन्। उनीहरूले आफ्नै खर्चमा होटलमा बस्नुपरेको गुनासो गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.