|

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौंमा बसेको राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक सकिएको छ। 

बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार र  राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरेको छ।

वार्ता कमिटीका सदस्य राजाराम बर्तौलाका अनुसार पार्टीले अवलम्बन गरेको नीति,बिचारसङ्ग सहमत हुने पार्टी ,संघसंस्था , समूहसङ्ग वार्ता गरि राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मूर्त रुप दिन यो कमिटीले काम गर्नेछ।

निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघ–संस्थाहरुसङ्ग तुरुन्तै सम्वाद शुरु हुने गरि तयारी गरिएको समितिका एक सदस्यले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.