|

काठमाडौं : बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउँदैछ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बागमतीमा ११ मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै मन्त्रीहरूको नियुक्ति तथा शपथ गराउने तयारी छ।

दलहरू अहिले क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा आन्तरिक तयारीमा जुटेका छन्। बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाबाट मन्त्री थप मन्त्री पठाइनेछ। अहिले नेकपा एमाले संसदीय दलका नेता थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापा विनाविभागीय मन्त्री छन्। 

कर्णालीमा पनि दलहरूले मन्त्रालयको भागवण्डा टुंगो लगाइसकेका छन्। कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डाको विषयमा मंगलबार सहमति भइसकेको छ। नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय पाएको छ। 

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.