|

काठमाडौं : संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाहको प्रयास गर्ने युवाको निधन भएको छ।  

उनको आज बिहान ५ बजे उपचारका क्रममा निधन भएको कीर्तिपुरस्थित बर्न अस्पतालका डाक्टर  किरण नकर्मीले जानकारी दिए। शरिरको अधिकांश भाग जलेको हुनाले बचाउन नसकिएको उनको भनाइ छ। ​

मंगलबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्य गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो। 

घटनास्थलबाट तत्कालै उद्दार कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो। ​ मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्की पनि उनलाई भेट्न अस्पताल पुगेकी थिइन्। 

उनको शव अहिले अस्पतालमा नै रहेको डाक्टर नकर्मीले बताए। 

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.