जनकपुर : मधेश प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय माला कर्ण र मोहम्मद रजी हैदरले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार नेकपा माओवादी केन्द्रका सांसदद्वय कर्ण र हैदरलाई मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
प्रदेशसभा सदस्य कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिएका हुन्। सर्वोच्च अदालतमा दुवैजनाविरुद्ध मुद्दा परेपछि उनीहरूको शपथ रोकिएको थियो। सर्वोच्चको आदेश आएपछि बुधबार दुवै सांसदले शपथ लिएका हुन्। योसँगै मधेश प्रदेशसभामा नेकपा माओवादी केन्द्रको प्रदेशसभा सदस्य संख्या ९ पुगेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।