|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरमा उभ्याएको टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जालमा लेख्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री शर्माले दुखी बनेर श्रद्धाञ्जली दिएर मात्रै उन्मुक्ति नमिल्ने बताएका छन्। 

नीति बदलिएर नपुगेको भन्दै उनले थिति बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी रहेको उनले उल्लेख गरेका छ। उनको आत्मदाहको ऐनामा आफूहरूको अनुहार रहेको भन्दै शर्माले केही भिन्न नसोची भिन्न बन्न नसक्ने भनेका छन्। 

‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ ! दुखी बनेर,श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन !’ उनले लेखेका छन्।‘नीति बदलिएर पुगेन, थिति बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ। उनको आत्मदाहको ऐनामा हाम्रो अनुहार छ। केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.