|

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले गृहमन्त्री रवि लामिछानेले दोहारो नागरिकता लिएर संवैधानिक व्यवस्थामा प्वाल पारेको बताएका छन्।

सामाजिक सञ्जालमा पूर्व गृहमन्त्रीसमेत रहेका रावलले बुधबार लामिछानेले दोहोरो नागरिकता लिएर संविधान मिचेको बताएका हुन्। 

‘संविधान बनाउने वेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोहीबमोजिम संवैधानिक व्यवस्था गरिएको हो। गृहमन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देशविरोधी अपराध ठहर्नेछ। गृहमन्त्रीबाट कानून मिचिएको छ,’ उनले भनेका छन्। 

गृहमन्त्री लामिछानेको नागरिकताको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ।

 

संविधान बनाउने बेला धेरै बहस पछि नेपाल जस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोही बमोजिम संवैधानिक व्यवस्था गरिएको हो।गृह मन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश विरोधी अपराध ठहर्ने छ।गृहमन्त्रिबाट कानून मिचिएको छ।

— Bhim Rawal, PhD (@BhimRawal179) January 25, 2023

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.