|

काठमाडौं : आत्मदाह गर्नुपर्ने परिस्थिति बनाएको भन्दै युवाहरूले यो देश हो कि वधशाला? भनेर प्रश्न गरेका छन्। 

युवाहरुको एक समूहले प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपर्ने अवस्था आउनुमा राज्य दोषी रहेको भन्दै बुधबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन्।

माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँबानेश्वरमा पुगेर मौनधारण गरी कोणसभामा परिणत भएको थियो।

प्रदर्शनमा सहभागी युवाले ‘अर्को जल्दो शरीर मेरो नहोस्’, ‘यो देश हो कि वधशाला?’, ‘आफ्नो पद र सुविधामा होइन जनताका आधारभूत सरोकारमा केन्द्रित हौ सरकार’, लगायतका प्लाकार्ड बोकेका थिए।

संघीय संसद भवन अगाडि मङ्गलबार आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.