|

धनकुटा : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले धनकुटाको सिंधुवा बजारका आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन्।

मन्त्री राईले छथर जोरपाटी गाउँपालिका वडा नं. ६ स्थित सिंधुवा बजार पुगेर आठजना पीडितलाई नगद ५५ हजार रुपैयाँ सहयोग गरेका हुन्। मन्त्री राईले आगजनीमा नष्ट घर आफ्नो पहलमा बनाइदिने प्रतिबद्धता जनाए।

मन्त्री राईले आगलागी पीडितहरू झमक थापालाई १५ हजार, सन्तबहादुर राईलाई १० हजार र लीला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई पाँच/पाँच हजार रुपैयाँ प्रदान गरेका हुन्।

गत पुस ३० गते राति आगलागी हुँदा छथर जोरपाटी गापा–६ स्थित सिंधुवा बजारका ५ घर जलेर नष्ट हुँदा ४९ लाख बराबरको क्षति भएको थियो।

मन्त्री बनेपछि दोस्रोपटक धनकुटा आएर राई केही दिन धनकुटा रहेर कार्यकर्ता भेटघाटमा व्यस्त हुने बताइएको छ।

जोरपाटीमा भएको कार्यकर्ता भेटमा सरकारले चाँडै भूमि आयोग गठन गरी नेपालमा रहेका १४ हजारभन्दा बढी भूमिहीनको समस्या समाधान गरिने बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.