|
फाइल तस्वीर

कालीकोट : हिउँ पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कालीकोटको तिलागुफा नगरपालिका–४ स्थित राचुलीमा बुधबार पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायक उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी पहिरोमा फसेको प्रहरीले जनाएको छ। पहिरो खोल्ने पहल भइरहेको छ। राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार राजमार्गमा खसेको पहिरो खुलाउने काम भइरहेको छ। हिमपातले राजमार्गसमेत अवरुद्ध हुन थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.