सर्लाही : सर्लाहीको हरिपूर्वा–९, वसन्तपुर पछियारी टोल बस्ने १८ वर्षीय ललन राय यादवको बोरिङबाट सिँचाइ गर्न बनाइएको कुलोमा डुबेर मृत्यु भएको छ।
बिहीबार बिहान घर नजिकैको कुलोभित्र युवकलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए। घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।