|

वीरगन्ज : ४ लाख १४ हजार ८ सय रुपैयाँ लिई फरार तीनजना पक्राउ परेका छन्।

वीरगन्ज १० स्थित माँ दुर्गे मनी ट्रान्सफर प्रा.लि.मा कार्यरत उनीहरूलाई सञ्चालकले कृषि विकास बैंकमा उक्त रकम जम्मा गर्न पठाएका थिए। उनीहरू उक्त रकम लिई फरार भएका थिए।

तीमध्ये एकजना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले बताए।

पक्राउ पर्नेमा वीरगन्ज महानगर–१० का २२ वर्षीय आकाश साह, २२ वर्षीय सञ्जय साह र सोही ठाउँका महमद सकिर मियाँ रहेका छन्। उनीहरूलाई ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए।

फरार एकजनाको पनि खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ।

पैसा जम्मा गर्न पठाएका स्टाफ नआएपछि सञ्चालकले मंगलबार घटना भएकै दिन तत्काल प्रहरीलाई खबर गरेपछि खोजतलास गर्दा २ लाख २३ हजार ५ सय दशी सहित तीन अभियुक्त पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ परेका अभियुक्तहरुलाई बुधबार पर्सा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।

त्यसैगरी पर्सा प्रहरीले बिल बिजकभन्दा बढीको विभिन्न लत्ताकपडा तथा टेन्टका सामान बोकेको मधेश प्रदेश ०३–००१ च ६५०० नम्बरको पिकअप गाडी पनि पक्राउ गरेको छ ।'

प्रहरीलाई शंका लागी चेकजाँच गर्दा १० लाख १५ हजार बराबरको बिल विजकभन्दा बढीको अतिरिक्त माल लोड गरेको फेला परेपछि गाडी नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए। उक्त गाडी र सामान अनुसन्धान राजस्व कार्यालय पथलैयामा पठाइएको उनको भनाइ छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.