|

जुम्ला : जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन भएको छ।

लगातारको हिमपातले धावन मार्गमा जहाज बस्न कठिन भएको थियो। बिहीवार बिहानैदेखि सुरक्षानिकायले धावन मार्ग सफा गरेपछि हवाई सेवा सञ्चालन भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार हिउँ पन्छाएपछि दुईवटा उडान भएका छन्। नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार हिउँ सफा गरेसँगै हवाई सेवा सञ्चालन भएको हो। जहाज आएपछि तीन दिनदेखि थन्किएका यात्रु आवतजावत गर्न थालेका छन्। बिहीवार विमानस्थल सफाइ गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन्।

त्यस्तै धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गको हिउँ फाल्ने काम गरेका थिए। नेपाली सेना २४ नम्बर वाहिनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दाबक्स गणका गणपति रविन थापा बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका थिए। तीन दिनदेखि हिउँ परेर नेपालगञ्जमा जुम्ला आउने यात्रु अलपत्र थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.