|

विराटनगर :  ललित कला संगठन र महिला उद्यमी संघ नेपालको संयुक्त आयोजनामा चित्रकला एवम् हस्तकला प्रदर्शनीको आयोजना गरेको छ।

श्रीपञ्चमीको अवसरमा आज (बिहीबार) प्रदेश १ स्तरीय चित्रकला र हस्तकला प्रदर्शनीको आयोजना गरिएको हो। विराटनगरमा आयोजना भएको प्रदर्शनीमा प्रदेशभरका कालाकारहरुले आफ्नो कला प्रदर्शनका लागि राखिएको ललित कला संगठन मोरङका अध्यक्ष जेपी चौधरीले जानकारी दिए।

श्रीपञ्चमीका दिन विद्याकी देवी सरस्वतीको आराधना र सम्मानको साथै कलाले प्रदेश १ लाई चिनाउन हस्तकला र चित्रकला प्रदर्शनी आयोजना गरिएको उनको भनाई थियो। 

प्रेम, प्रकृति‚ सदभाव, सुन्दरता र मौलिकता झल्काउने चित्रहरूका साथै ऊनबाट बनाइएका पहिरन, हाते ब्यागलगायत सामग्री प्रदर्शनीमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.