|

धनकुटा : पिठयुँमा झोला बोकेर मञ्चमा पुगेकी एक महिलालाई देख्नेबित्तिकै ताली र हुटिङको वर्षा भयो। त्यसपछि ति महिलाले आफू हट रहेको बताउँदै पछेयौरा र ज्याकेट खोल्छिन् त्यसपछि माहौल झनै अर्को हुन्छ।

त्यसपछि ती महिलाले आफ्नो प्रस्तुति सुरु गर्छिन्। पछिल्लो समय हास्य विधामा जमिरहेकी हास्यकलाकार फुलन्देकी आमाले धनकुटा महोत्सवमा दिएको प्रस्तुतिले धनकुटाको माहौल रमाइलो बनेको थियो। महोत्सवको छैटौँ दिन आयोजकले फुलन्देकी आमालाई दर्शक माझ ल्याएको थियो।

कलाकारिता क्षेत्रमा फुलन्देकी आमा भनेर चिनिएका उनी वास्तविक रुपमा भने पुरुष कलाकार उमेश राई हुन्। उनले झण्डै आधा घण्टा दर्शकलाई राम्रैसँग हँसाए। राई आएपछि धनकुटा टुँडिखेलमा खचाखच मानिस भेला भएका थिए।

प्रादेशिक व्यापारमेला कृषि प्रदर्शनी तथा एभोकाडो एवं पाचौँ धनकुटा महोत्सवमा उनले स्थानीयलाई हँसाएर मनोरञ्जन दिए। धनकुटा उद्योग वाणिज्य संघको आयोजना भइरहेको कार्यक्रममा उनको प्रस्तुति हेर्न रातिसम्म दर्शकहरु पर्खिबसेका थिए।

धनकुटाका दर्शकले टेलिभिजन र युट्युब च्यानलहरूमा मात्र देखेका उनलाई नजिकबाट हेर्न हजारौं दर्शक महोत्सव स्थलमा आएका थिए। दर्शकहरु फुलन्देको आमाको प्रस्तुतिमा सँगै रमाएर झुमेका थिए। उमेशले कार्यक्रममा नृत्यसमेत प्रस्तुत गरेका थिए। उनको साथमा चर्चित कलाकार विनोद खम्बूले सांगितिक प्रस्तुति दिएका थिए।

यसअघि आइतबार गायक कृष्णभक्त राई र यसकुमारले, सोमबार प्रविशा अधिकारी धनकुटेली दर्शकलाई मनोरञ्जन दिएका थिए। धनकुटा उद्योग वाणिज्य संघको आयोजना गरेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवं पाँचौँ धनकुटा महोत्सवको पाचौँ दिन दर्शकहरुको उल्लेख्य सहभागीता रहेको महोत्सवका प्रचार प्रसार संयोजक श्रीराम रायमाझीले जानकारी दिए।

महोत्सवमा कृषि प्रदर्शनी र हस्तकलालाई प्राथमिकतामा राखिएको र हरेक दिन राष्ट्रिय कलाकारको प्रस्तुती रहेकोले दर्शकको सहभागीता उल्लेख्य रुपमा रहेको प्रचार प्रसार संयोजक रायमाझीले बताए। माघ ६ गतेदेखि सुरु भएको महोत्सव १६ गतेसम्म चल्नेछ भने बिहीबार साँझ चर्चित कलाकार प्रश्ना शाक्यको प्रस्तुति रहने आयोजकले जनाएको छ।

त्यसपछि अन्य दिनहरुमा प्रमोद खरेल, मेलिना राई, आस्था राउत, राजेशपायल राईलगायत कलाकारको प्रस्तुती रहने आयाजकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.