|

संखुवासभा : संखुवासभाको खाँदबारीमा  प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

सदरमुकाम खाँदबारीमा माघ १८ गतेदेखि २१ गतेसम्म प्रदेश १ स्तरीय तेस्रो रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो। आयोजक सूर्य आवासीय बोर्डिङ स्कुलले खाँदबारीमा बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो।

भलिबल प्रतियोगितामा आयोजकसहित प्रदेश १ का १४ जिल्लाका १५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटनमा न्यु डाइमण्ड एकेडेमी महिला भलिबल टिमले समेत सहभागिता जनाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ नगदसहित २ सय तोला चाँदीको ट्रफि, उपविजेताले ५५ हजार नगद, तेस्रो हुने टिमले ३३ हजार नगद पाउनेछन् भने सान्त्वना पुरस्कारवापत ११ रूपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता आयोजक समितिका अध्यक्ष तीर्थ पन्तले जानकारी दिए।

प्रतियोगिता आयोजना गर्न २१ लाख रूपैयाँभन्दा बढी खर्च हुने आयोजकको अनुमान रहेको छ। रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता २०५८ सालमा जिल्लास्तरीय, २०७१ सालमा पूर्वाञ्चलस्तरीय हुँदै २०७४ सालमा प्रदेश १ स्तरीय भएको थियो।

जिल्ला भलिबल संघ संखुवासभाका अध्यक्ष तथा राष्ट्रिय रेफ्री मेदिनी घिमिरेले खाँदबारीमा हुन लागेको प्रदेशस्तरीय यो प्रतियोगितापछि संखुवासभामा भलिबलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

खेलकै माध्यमबाट विकृति विसंगतिलाई हटाउँदै खेल क्षेत्रबाट संखुवासभालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने आयोजकको भनाइ छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.