|

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले राज्यबाट आफूले पाउने सेवा–सुविधाबाट १ जना विद्यार्थीलाई एमबिबिएस पढाउने भएका छन्। अध्यक्ष राईले गाउँपालिकाभित्रका गरिब तथा जेहेन्दार १ जना विद्यार्थीलाई एमबिबिएस पढाउने निर्णय गरेका हुन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन राईका अनुसार अध्यक्ष राईले गत जेठ ६ गते पदभार ग्रहण गरेलगत्तै १ जना विद्यार्थीलाई एमबिबिएस पढाउने अध्यक्षस्तरीय निर्णय गरेका थिए। 

यसपछि गाउँपालिकाले एमबिबिएस छात्रवृत्तिका लागि आवेदनसमेत आह्वान गरेको छ। प्रमुख प्रशासकीय अधिकृत राईले जारी गरेको सूचनामा गाउँपालिकाको छात्रवृत्ति वितरण कार्यविधि २०७९ अनुसार छात्रवृत्तिका लागि आह्वान गरिएको उल्लेख छ। सोही कार्यविधिको अधिनमा रहेर सम्बन्धित प्रवेश परीक्षाको नतिजा आएको १५ दिनभित्र प्रारम्भिक आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.