|

काठमाडौं : सत्तारूढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएकाे छ। बिहीबारदेखि जारी दोस्रो दिनको बैठक पार्टी कार्यालय पेपिरसडाँडामा सुरु भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

बैठकमा राष्ट्रपतिको निर्वाचन, सत्ता गठबन्धन, सरकारलगायतका विषयमा छलफल जारी छ। आज स्थायी कमिटी सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन्। 

हिजोको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समयसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.