|

काठमाडौं : किरात राई खेलकुद संघले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ।

संघले बिहीबार आफ्नो १०औं स्थापना दिवसको अवसरमा सागमा किरात राई समुदायबाट स्वर्ण, रजत र कास्य पदक जित्ने १९ जना खेलाडीलाई सम्मान गरेको हो।

संघका सचिव प्रविन कुलुङ राईका अनुसार उनीहरूलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो।

सागमा स्वर्ण पदक जित्ने उसुका जुनी राई, गल्फका शुक्रबहादुर राई र तेक्वान्दोका सुशीला राई सम्मानित भएका छन्।

सागमा पदक जित्नेहरू करातेका एस्तार राई, तेक्वान्दोका संगीता राई, ब्याडमिन्टनका अनुमाया राई र सिता राई, भारत्तोलनका संगीता राई र अस्मिता राई र आर्चरीका इमायुङ राई सम्मानित भएका छन्।

त्यस्तै बास्केटबलका डा आशा राई र विकास चाम्लिङ राई, ह्याण्डवलका उमा राई, रञ्जना राई र निशा राई, शारीरिक सुगठनका उमेश राई र देवराज पराजुली र बक्सिङका पुरान राईलाई खेलकुद संघले सम्मान गरेको छ।

त्यसैगरी बास्केटबलका प्रशिक्षक विकास चाम्लिङ राई र टिम व्यवस्थापक मिना कुमारी राई र प्रमिला राईलाई पनि संघले सम्मान गरेको छ।

कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यलयमा आयोतित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले खेलाडीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए।

खेलाडीहरूको हौसला र प्रोत्साहनको लागि किरात राई खेलकुद पत्रकार संघले खेलाडीको सम्मान गरको संघका अध्यक्ष सञ्जय राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.