|

काठमाडौं : राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको लागि माघ २३ गते निर्वाचन हुने भएको छ। शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा उपाध्यक्ष पदको लागि निर्वाचन गर्न २०७९ माघ २३ गते सोमबारको लागि मिति तोतेका हुन्।

उनले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्नका लागि संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निर्देशनसमेत दिए।

उनले भने,  ‘राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि मिति २०७९ माघ २३ गते सोमवारको दिन बिहान ११ बजेर ५९ मिनेटको समय तोकेको छु। उपाध्यक्षको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न संघीय संसदको महासचिव डा. भरतराज गौतमलाई निर्देशन गर्दछु।’

बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। राष्ट्रियसभाको आगामी बैठक माघ २३ गते सोमबार बिहान ११:५९ मा बस्नेगरी बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.