|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री  डा. तोसिमा कार्कीले केही दिनअघि वीर अस्पतालको क्याथ ल्याब उद्घाटन गर्न जाँदा स्वास्थ्यमन्त्री पदम गिरीसँग रिबन काटेपछि आलोचना भएको विषयलाई प्रष्टीकरण दिएकी छन्।

राज्य मन्त्री कार्कीले भनिन्‚ ‘तपाईंलाइ पनि बोलाउनु भएको रहेछ‚ सँगै जाऊँ भनेर मन्त्रीज्यूले भन्नु भयो। म आफैँ पनि मेडिकल काउन्सिलको सदस्य भएको कारणले अस्पतालका निर्देशक र अन्य चिकित्सकले तपाई‌ जसरी पनि आउनु भन्नु भएको थियो। त्यस अवसरमा आयोजकले नै हामीलाई उद्घाटनका लागि दुईवटा रिवनको व्यवस्था गर्नु भएअनुसार हामीले गर्‍यौँ। त्यसपछि वीर अस्पतालको सबै स्थितिबारे जानकारी लियौँ तर पत्रकारहरूले रिबन काटेको कुरालाई मात्रै प्राथमिकता दिनुभयो।’

यस्तै मन्त्री कार्कीले  स्वास्थ्य वित्त रणनीति अन्तर्गत बजेट बढाउने प्रस्ताव पेस गर्न लागिएको समेत जानकारी दिइन्।

स्वास्थ्य क्षेत्रमा ठूलो लगानी आवश्यक भएको भन्दै बजेट बढाउने प्रयास भइरहेको उनको भनाइ छ। ‘स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट अपुग छ, स्वास्थ्य वित्त रणनीति कार्यान्वयनका लागि थप बजेट आवश्यक भएकाले मन्त्रिपरिषद्‌मै बजेट बढाउने प्रस्ताव पेस गर्न लागेका छौँ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५.७५ प्रतिशत बजेट मात्रै विनियोजन भएको भन्दै उनले उक्त बजेट पर्याप्त नभएको बताइन्। न्यूनतम सेवा मापदण्डअनुसार देशभरका आधारभूत स्वास्थ्य केन्द्रदेखि विशिष्टीकृत स्वास्थ्य संस्थाको अनुगमन तीव्र पारिने उनको भनाइ छ।

उनले देशभरको आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइएको जानकारी दिइन्। जसअन्तर्गत सरकारी, निजी, सामुदायिक तथा गैरसरकारी सङ्घसस्थाले सञ्चालन गरिरहेका मुलुकभरका सम्पूर्ण एम्बुलेन्सलाई ‘सेन्ट्रल पुल’मार्फत एम्बुलेन्स सेवा दिने तयारी भइरहेको समेत बताइन्।​

गुणस्तरीय स्वास्थ्य आममानिसमा कसरी पुर्‍याउने भनी कार्ययोजना बनाइरहेको बताइन्। त्यसैगरी एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, सन् २०३० सम्म दिगो विकास लक्ष सफल बनाउनका लागि अभ्यास गरिरहेको बताइन्।

स्वास्थ्यमा बजेट कम भएकाले त्यसलाई बढाउ प्रयास गर्ने कार्कीले बताइन्। डा. गोविन्द केसीले उठाएका माग सडकबाट पनि उठाएको र सदनबाट पनि मागलाई सम्बोधन गर्ने उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.